२४ भाद्र २०८३, बुधबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: पोखराको लज्जास्पद हार, जनकपुर प्लेअफमा



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै जनकपुर रोयल्स प्लेअफमा पुगेको छ ।

किर्तीपूरको टियु मैदानमा भएको खेलमा जनकपुरले जितको लागि पोखराबाट पाएको ६९ रनको लक्ष्य ६६ बल अगाबै ४ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरको जितको लागि सरफुदिन असरफले २७ बलमा ३७ रन बनाए भने कप्तान ट्राभोन ग्रिफिथ १७ रनमा आउट भए । यस्तै पवन सराफ ४ रनमा अविजित रहे भने असन प्रियरन्जन र दिलिप नाथले समान १/१ रन बनाए ।

बलिङतर्फ पोखराबाट कुशल मल्लले ३ विकेट लिए भने असिथा फर्नान्डोले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पोखराले भने १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो । पोखराका लागि सिद्धान्त लोहनी १७ रनमा आउट भए । आसिफ शेख र कुशल मल्लले भने समान १६र१६ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

बलिङमा जनकपुरका लागि सोमपाल कामीले ३ विकेट लिए भने सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २र२ विकेट लिए ।

नौ खेलमा ६ जित तथा ३ हार हात पारेको जनकपुर प्लेअफमा स्थान बनाउँने दोस्रो टोली भएको छ । यस अघि लुम्बिनी अल स्टार प्लेअफ पुगि सकेको छ ।

आज दिउसो १ बजे बाट सुरु हुने अर्को खेलमा काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेड भिड्दैछन्।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।