२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: पोखराको लज्जास्पद हार, जनकपुर प्लेअफमा



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै जनकपुर रोयल्स प्लेअफमा पुगेको छ ।

किर्तीपूरको टियु मैदानमा भएको खेलमा जनकपुरले जितको लागि पोखराबाट पाएको ६९ रनको लक्ष्य ६६ बल अगाबै ४ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरको जितको लागि सरफुदिन असरफले २७ बलमा ३७ रन बनाए भने कप्तान ट्राभोन ग्रिफिथ १७ रनमा आउट भए । यस्तै पवन सराफ ४ रनमा अविजित रहे भने असन प्रियरन्जन र दिलिप नाथले समान १/१ रन बनाए ।

बलिङतर्फ पोखराबाट कुशल मल्लले ३ विकेट लिए भने असिथा फर्नान्डोले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पोखराले भने १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो । पोखराका लागि सिद्धान्त लोहनी १७ रनमा आउट भए । आसिफ शेख र कुशल मल्लले भने समान १६र१६ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

बलिङमा जनकपुरका लागि सोमपाल कामीले ३ विकेट लिए भने सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २र२ विकेट लिए ।

नौ खेलमा ६ जित तथा ३ हार हात पारेको जनकपुर प्लेअफमा स्थान बनाउँने दोस्रो टोली भएको छ । यस अघि लुम्बिनी अल स्टार प्लेअफ पुगि सकेको छ ।

आज दिउसो १ बजे बाट सुरु हुने अर्को खेलमा काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेड भिड्दैछन्।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।