• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आहा ! रारा गोल्डकप: चर्च ब्वाइज र भुटनिज युथ फाइनलको लागि भिड्दै



पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपअन्तर्गतको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र भुटनिज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुँदैछ ।

चर्च ब्वाइज र भुटनिजबीचको खेल पोखरा रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फको उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।