१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्र्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।