२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग विवादः छानबिन गर्न राखेपद्वारा कार्यदल गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल टी–२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।

राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको हो ।

गठित समितिमा कुँवरसहित सदस्य प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् ।

क्यानको आयोजनामा काठमाडौंमा चलिरहेको लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् ।

पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको छ ।