२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग विवादः छानबिन गर्न राखेपद्वारा कार्यदल गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल टी–२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।

राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको हो ।

गठित समितिमा कुँवरसहित सदस्य प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् ।

क्यानको आयोजनामा काठमाडौंमा चलिरहेको लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् ।

पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको छ ।