२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार आधारभूत वर्गको होः मन्त्री भण्डारी



अ+ अ-

काभ्रेपलाञ्चोक । बिना विभागीयमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार आधारभूत वर्गको भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नेपाल टेलरिङ व्यवसायी महासङ्घको चारदिने ‘सीप सम्मेलन–२०७९’ एवं तालिम तथा सीप सप्ताहको उद्घाटन समारोहमा उहाँले वर्तमान सरकार जनमुखी एवं आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार भएको दाबीसमेत गर्नुभयो ।

“जनमुखी वर्तमान सरकार आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार हो, श्रम र सीपमा न्याय नपाउनेलाई सम्मानका साथ सम्बोधन गर्नेछौँ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले आधारभूत वर्गको वर्गको हितमा लागेकाले आफूलाई पश्चिमका नागरिकले जनमत दिएको बताउनुभयो ।

समृद्धिको यात्रा तय गर्ने क्रममा आधारभूत वर्गले न्याय पाउँदा श्रम र सीपको मूल्य पनि सरकारले बुझ्नुपर्ने उहाँको धारणा थियो । मन्त्री भण्डारीले भिन्न विचार भएका दललाई एकीकृत आकार दिई साझा मुद्दामा दललाई सहभागी गराएर वर्तमान सरकार निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै हाल पूर्णताः नपाएको सरकारले विश्वास प्राप्त गर्नुपूर्व सहमति गरेर अघि बढ्ने बताउनुभयो । “अहिलेको सरकार जनादेशबाटै तयार भएको हो, हामी न्यूनतम साझा उद्देश्य र लक्ष्य तय गर्दैैछौँ, साझा अवधारणा बनेपछि सरकारको यात्रा तय हुनेछ, अहिलेको कार्यक्रम यो हो भनेर जान्छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले विश्व बजारमा नेपालको जनशक्ति, श्रम र सीपले बजार प्राप्त गर्नुपर्नेमा त्यसो नभइरहकोमा दुःख व्यक्त गर्दै नेपाली बजार आयातितमा मात्रै निर्भर हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली श्रम र सीपका वस्तु निर्यात गरी विदेश तयारी वस्तुलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता हो ।” उहाँले सरकारले नयाँ बजेट बनाउँदा नयाँ पन, नेपाली मन, राष्ट्रियता तथा मौलिकता झल्किने सीपलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगर उपप्रमुख गीता बञ्जारा, नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घका पूर्वअध्यक्ष विदुर बज्राचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका बागमती प्रदेश उपाध्यक्ष दुधराज श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोपाल परियारले नेपालीको जनसङ्ख्यामध्ये ३३ प्रतिशत स्कुल, कलेजका विद्यार्थी र कर्मचारीले बर्सेनि पोसाक लगाउने भएकाले यस व्यवसायमा सोहीअनुसारको सीपयुक्त जनशक्ति पूर्ति नभएको गुनासो गर्नुभयो । सम्मेलनमा एक सय ५० व्यवसायी सहभागी छन् ।