२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन व्यवसायीहरुको शीर झुक्ने काम मबाट हुने छैन– महान्यायाधिवक्ता पोखरेल



अ+ अ-

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानुन व्यवसायीहरुको शीर झुक्ने नदिने गरी आफूले कार्य सम्पादन गर्ने बताउनु भएको छ ।

महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँडने गरी काम गर्ने पक्षमा नरहेको पनि पटकपटक दोहोर्याउनु भयो । सर्वोच्च अदालत बार एशोसिएशनले बुधबार आफूलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो बल, बुद्धि र विवेक न्याय क्षेत्रको गरिमा बढाउन केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

महान्यायाधिवक्ता पोखरेलले न्याय क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि आफू कानुन व्यवसायीहरुसँग छलफल गरेर आवश्यक निर्णय लिन तत्पर रहेको समेत बताउनु भयो । आफूले कार्य सम्पादन सूरु मात्रै गरेकाले अहिले नै ओभर स्मार्ट हुने कुरा घातक हुने भन्दै उहाँले सबैसँग बुझेर अघि बढने बताउनु भयो ।

महान्यायाधिवक्ता पोखरेलले भन्नु भयो, ‘म यतिमात्रै निवेदन गर्न चाहन्छु–मेरो बलबुत्ता, बुद्धि, विवेकले भ्याएसम्म कानुन व्यवसायीको शीर झुक्ने किसिमको काम मबाट हुने छैन भन्ने कुरामा मलाई आत्म विश्वास छ । भवितव्यले तलमाथि पारेछ भने त्यतिबेल यहाँहरुसँग बसेर परिस्थितिको बारेमा छलफल गर्न म ओपन भएर आउनेछु । शीर लुकाएर, अनि त्यसपछि भागेर लुरुक्क परेर हिँडने वातावरण कम्तिमा हुनेछैन भन्ने कुराको प्रतिवद्धता जनाउनु चाहन्छु ।’

‘म महिले विचार दिने परिपक्व अवस्थामा पनि छैन । गर्नुपनि हुँदैन । किनभने ओभरस्मार्ट देखिनु भनेको संस्थाका लागि घातक हुन्छ । म यति निवेदन के गर्न चाहन्छु भने–ती समस्याहरुको समाधानको बारेमा बारेमा यहाँहरुले देखेको दृष्टिकोण के हो रु एउटा अन्तरक्रिया राख्नुस् । मपनि आउँछु । त्यसमा समयसीमासहितको छलफल गरेर त्यसको नेतृत्व लिन म जतिबेला पनि तत्पर रहन्छु ।’

महान्यायाधिवक्ता पोखरेलले न्यायमा सबैको पहुँच पु¥याउने कामलाई तीव्रता दिने आफ्नो कार्ययोजना रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लयर्स एकेडेमी स्थापना गर्न, नेपाल बारको आफ्नै भवन निर्माणका लागि पहल गरिदिन महान्यायाधिवक्ता पोखरेलसँग आग्रह गर्नु भएको थियो । उहाँले कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि पनि अति आवश्यक भएकाले आफूहरुले लयर्स एकेडेमी स्थापना गर्ने कार्यलाई जोड दिएको समेत स्पष्ट पार्नु भयो ।

अध्यक्ष पोखरेलले बार काउन्सिल विधेयक पारित गराउन पनि महान्यायाधिवक्ताको कार्यालयले ध्यान दिनुपर्ने बताउनु भयो ।




भर्खरै