• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

१५ वर्षीया बाल कलाकार रुहानिकाले घर किनिन्



एजेन्सी । बाल अभिनेत्री रुहानिका धवनले मुम्बईमा एउटा घर किनेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई यसबारे जानकारी दिएका हुन् ।

उनले घरका केही तस्बिर सेयर गर्दै निकै भावुक क्याप्सन पनि लेखेकी छन् । नयाँ घरमा रुहानिका आफ्नो परिवारसँग निकै खुसी देखिएकी थिइन् ।

उनले आफ्नो सफलताको श्रेय आमालाई दिएकी छन् । उनी भन्छिन् –‘अबदेखि धेरै मेहनत गर्ने र यसरी नै आफ्ना सबै सपनाहरू पूरा गर्छु ।’

स्टार प्लसको चर्चित टिभी शो ‘ये है मोहब्बतें’ मा देखिएकी रुहानिका धवन उर्फ ​​‘छोटी रुही’ले आफ्नो अभिनयले हरेक घरमा छुट्टै पहिचान बनाएकी छिन् । यही लोकप्रियताका आधारमा उनी आज आफ्ना सबै सपना पूरा गरिरहेकी छिन् । १५ वर्षको उमेरमा उनले मुम्बईमा आफ्नै ३ बीएचके फ्ल्याट खरिद गर्न सफल भइन् ।