९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्षीया बाल कलाकार रुहानिकाले घर किनिन्



अ+ अ-

एजेन्सी । बाल अभिनेत्री रुहानिका धवनले मुम्बईमा एउटा घर किनेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई यसबारे जानकारी दिएका हुन् ।

उनले घरका केही तस्बिर सेयर गर्दै निकै भावुक क्याप्सन पनि लेखेकी छन् । नयाँ घरमा रुहानिका आफ्नो परिवारसँग निकै खुसी देखिएकी थिइन् ।

उनले आफ्नो सफलताको श्रेय आमालाई दिएकी छन् । उनी भन्छिन् –‘अबदेखि धेरै मेहनत गर्ने र यसरी नै आफ्ना सबै सपनाहरू पूरा गर्छु ।’

स्टार प्लसको चर्चित टिभी शो ‘ये है मोहब्बतें’ मा देखिएकी रुहानिका धवन उर्फ ​​‘छोटी रुही’ले आफ्नो अभिनयले हरेक घरमा छुट्टै पहिचान बनाएकी छिन् । यही लोकप्रियताका आधारमा उनी आज आफ्ना सबै सपना पूरा गरिरहेकी छिन् । १५ वर्षको उमेरमा उनले मुम्बईमा आफ्नै ३ बीएचके फ्ल्याट खरिद गर्न सफल भइन् ।