२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: काठमाडौंलाई १ सय २ रनले हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गरेको छ ।

किर्तिपूरको टियू मैदानमा भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १ सय २ रनले पराजित गर्दै पहिलो क्वालिफायरमा पुगेको हो । पहिलो क्वालिफायर खेल आगामी आईतबार हुनेछ ।

लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पाएको काठमाडौंले १५.४ ओभरमा अलआउट भएर ८१ रन बनायो । काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो ।

काठमाडौंको तर्फबाट बसिर अहमदले २२ रन बनाए भने कमलसिंह ऐरी १६ रनमा आउट भए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले भने समान १५/१५ रन बनाए ।

लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धहतकीय ईनिङ खेलेका थिए । यस्तै लाहिरु मिलान्थाले २९ बलमा २६ रन बनाए। गुलसन झाले २१ रन बनाए भने ह्यारी टेक्टर १७ रन जोडे । अनिल शाह १६ तथा कुशल भुर्तेलले १५ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३ विकेट लिए भने बसिर अहमदले २ विकेट लिए ।

नौ खेलमा सात जित हात पारेको लुम्बिनी १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने आठ खेलमा ४ जितर ४ हार हात पारेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

यस लिगमा ६ टोलीको सहभागिता रहेको छ ।जसमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।




भर्खरै