• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट



काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिहान सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतको वर्षौंदेखिको मित्रतामाथि प्रकाश पार्दै दुई मुलुकबीचको जनस्तरको सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो ।

सो अवसरमा दुई देशबीचको द्विपक्षीय हितका विकासका विषयमा छलफल भएको थियो ।

भारतीय राजदूत श्रीवास्तवले नेपालको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएकामा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो ।