२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेलाई न्याय दिन शरद र आरिफको आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटरद्वय शरद भेषवाकर र आरिफ शेखले बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा दुवै जनाले एक पोस्ट गर्दै ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखेका छन्। आरिफले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् भन्दै सन्दीपले देशलाई फेरि गौरवान्वित गर्न सकुन् भनेर कामना समेत गरेका छन्।

सन्दीपमाथि १७ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेसँगै कामठाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । कारागारमा रहँदा उनलाई डिप्रेसनको समस्या भएको बताइएको छ ।