• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

नेपाल टी–२० लिगः लुम्बिनीले जनकपुरलाई ५ रनले हरायो



काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत आज मङ्गलबारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जित निकालेको छ ।

त्रिवि मैदानमा सम्पन्न खेलमा लुम्बिनीले जनकपुर रोयल्सलाई पाँच रनले हराएको हो ।

लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो ।

जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६/२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनायो । लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन जोडे । जनकपुरका शराफउद्दिन अशरफले तीन विकेट लिए ।

यो नतिजासँगै लुम्बिनी आठ खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान खेलमा १० अङ्कसहित जनकपुर दोस्रो स्थानमा छ ।