५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिगः लुम्बिनीले जनकपुरलाई ५ रनले हरायो



अ+ अ-

काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत आज मङ्गलबारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जित निकालेको छ ।

त्रिवि मैदानमा सम्पन्न खेलमा लुम्बिनीले जनकपुर रोयल्सलाई पाँच रनले हराएको हो ।

लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो ।

जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६/२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनायो । लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन जोडे । जनकपुरका शराफउद्दिन अशरफले तीन विकेट लिए ।

यो नतिजासँगै लुम्बिनी आठ खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान खेलमा १० अङ्कसहित जनकपुर दोस्रो स्थानमा छ ।