९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ सय किलोमिटर साइकल चलाएर सलमान खानलाई भेट्न पुगे फ्यान



अ+ अ-

एजेन्सी । बलिउड स्टार सलमान खानले २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए । यस अवसरमा ‘भाइजान’को एक झलक पाउन उनको घरबाहिर हजारौं फ्यानको भीड उभिएको थियो ।

सलमानलाई सबैले भेट्न नसके पनि उनका फ्यान समीरको क्रेज देखेर उनी आफूलाई भेट्नबाट रोक्न सकेनन् । वास्तवमा, जबलपुर निवासी समीरले चिसो मौसममा सलमान खानलाई भेट्न ११०० किलोमिटर साइकल गुडाएका थिए । सलमान खानले पनि आफ्ना फ्यानको भावनाको कदर गर्दै उनलाई भेटेर फोटो खिचे ।

मिडिया रिपोर्टका अनुसार समीर सानैदेखि सलमानका ठूला फ्यान हुन् । २२ डिसेम्बरमा, समीर जाडो मौसममा जबलपुरबाट साइकलमा हिँडेका उनी २९ डिसेम्बरमा मुम्बई पुगे । जब सलमानलाई उनको यो फ्यानको बारेमा थाहा भयो तब उनी फ्यानलाई भेट्न घरबाट बाहिर निस्के ।

यस क्रममा उनी समीरको साइकलसँगै पोज पनि दिइरहेका छन् । सलमानले आफ्नो अवस्थाको बारेमा थाहा पाएर घरमा खाना पनि खुवाएको समीरले बताए ।