• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

११ सय किलोमिटर साइकल चलाएर सलमान खानलाई भेट्न पुगे फ्यान



एजेन्सी । बलिउड स्टार सलमान खानले २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए । यस अवसरमा ‘भाइजान’को एक झलक पाउन उनको घरबाहिर हजारौं फ्यानको भीड उभिएको थियो ।

सलमानलाई सबैले भेट्न नसके पनि उनका फ्यान समीरको क्रेज देखेर उनी आफूलाई भेट्नबाट रोक्न सकेनन् । वास्तवमा, जबलपुर निवासी समीरले चिसो मौसममा सलमान खानलाई भेट्न ११०० किलोमिटर साइकल गुडाएका थिए । सलमान खानले पनि आफ्ना फ्यानको भावनाको कदर गर्दै उनलाई भेटेर फोटो खिचे ।

मिडिया रिपोर्टका अनुसार समीर सानैदेखि सलमानका ठूला फ्यान हुन् । २२ डिसेम्बरमा, समीर जाडो मौसममा जबलपुरबाट साइकलमा हिँडेका उनी २९ डिसेम्बरमा मुम्बई पुगे । जब सलमानलाई उनको यो फ्यानको बारेमा थाहा भयो तब उनी फ्यानलाई भेट्न घरबाट बाहिर निस्के ।

यस क्रममा उनी समीरको साइकलसँगै पोज पनि दिइरहेका छन् । सलमानले आफ्नो अवस्थाको बारेमा थाहा पाएर घरमा खाना पनि खुवाएको समीरले बताए ।