२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहको आम जनता पार्टीलाई रामवीर मानन्धरको साथ



अ+ अ-

काठमाडौँ । नवगठित आम जनता पार्टी (आजपा) लाई नेकपा (एमाले) का पूर्व नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धरले साथ दिने भएका छन् । पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा आम जनता पार्टी गठन भएको हो ।

माछापोखरीस्थित मानन्धर निवासमा आजपा अध्यक्ष साह र मानन्धरबीच भएको भेटमा अब मानन्धर संगठितरुपमा अघि बढ्ने भएको आजपा प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिएका छन् ।

दुवै नेताबीच मिलेर पार्टी खोल्ने पूर्वसहमति भएको थियो । २०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा साह विगतमा शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट २०७० को संविधानसभा सदस्य रहेका मानन्धर २०७४ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत सोही निर्वाचन क्षेत्रबाट स्वतन्त्र हैसियतमा निर्वाचित भएका थिए ।

साह भने नेकपा एमालेबाट टिकट लिएर पनि रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । साथै साहले तीनजनालाई स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएका थिए । उनले तीन स्वतन्त्र सांसदहरुलाई साथमा लिएर आम जनता पार्टी गठन गरेका हुन् ।