२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्योलबीच टी-२० लिग सुचारु, पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति



अ+ अ-

काठमाडौं । खेलाडीहरूको असन्तुष्टिका कारण अवरुद्ध भएको नेपाल टी–२० लिग अन्तर्गतको आजको खेल पुनः सुचारु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीचको लामो छलफलपछि निर्धारित समयभन्दा दुई घण्टा ढिला म्याच सुरु भएको हो । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी–२० मा आज हुने खेलहरु अन्योलमा परेको थियो ।

तालिकाअनुसार मंगलबार बिहान ८:३० मा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच टस हुनुपर्ने थियो । तर, दुबै टोलीका खेलाडीहरूले टस गर्न नमानेपछि खेल ढिला भएको हो ।

खेल अवरुद्ध भएपछि क्यानको तर्फबाट महासचिव प्रशान्तविक्रम मल्लले खेलाडीहरूसँग वार्ता गरेका थिए । क्यानले भरेसम्ममा पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको बताईएको छ । महासचिव मल्लले खेलाडीसँग भएको सहमतिबारे केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

सहमतिपछि काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल ९ ओभरमा छोट्याइएको छ । यस खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ ।

पोखरा एभेन्जर्सबाहेकअहिलेसम्म कुनै पनि टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको बताइएको छ ।