• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो ★   समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन ★   प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ: घनश्याम भुसाल ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट

अन्योलबीच टी-२० लिग सुचारु, पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति



काठमाडौं । खेलाडीहरूको असन्तुष्टिका कारण अवरुद्ध भएको नेपाल टी–२० लिग अन्तर्गतको आजको खेल पुनः सुचारु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीचको लामो छलफलपछि निर्धारित समयभन्दा दुई घण्टा ढिला म्याच सुरु भएको हो । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी–२० मा आज हुने खेलहरु अन्योलमा परेको थियो ।

तालिकाअनुसार मंगलबार बिहान ८:३० मा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच टस हुनुपर्ने थियो । तर, दुबै टोलीका खेलाडीहरूले टस गर्न नमानेपछि खेल ढिला भएको हो ।

खेल अवरुद्ध भएपछि क्यानको तर्फबाट महासचिव प्रशान्तविक्रम मल्लले खेलाडीहरूसँग वार्ता गरेका थिए । क्यानले भरेसम्ममा पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको बताईएको छ । महासचिव मल्लले खेलाडीसँग भएको सहमतिबारे केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

सहमतिपछि काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल ९ ओभरमा छोट्याइएको छ । यस खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ ।

पोखरा एभेन्जर्सबाहेकअहिलेसम्म कुनै पनि टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको बताइएको छ ।