काठमाडौँ । रौतहट २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट निर्वाचित किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई बालकोट निवासमा पार्टी प्रवेश गराएका हुन् ।
यसअघि नेता प्रभु साहले उनलाई आफ्नो पार्टीको नेतामा सूचीकृत गरेका थिए । तर सांसद साहले एमाले रोजेर आफू पार्टीमा प्रवेश गरेको बताएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा साह जसपाबाट चुनाव लडेका थिए । साह एमाले प्रवेश गरेसँगै अब एमालेको प्रतिनिधिसभामा ७९ सिट पुगेको छ ।
पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहित मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरु उपस्थित थिए ।