२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं ।रौतहट २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गराउनु भएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले काग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार छोरा फोर्दोस आलमलाई पराजित गर्नुभएको थियो ।

गत निर्वाचनमा एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।