२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस बैठकः वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा पोलिटब्युरो सदस्यहरुको जोड



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमवारबाट शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताउनु भयो ।

उहाँले वामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताउनु भयो । त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरु एकमत रहेको उल्लेख गर्नुभयो । बैठकमा करिव ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अधिकांशतः आफ्नो पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै हामी सबै उपलब्धी प्राप्त गर्नसक्छौँ । आजदेखि अभियान पाँच वर्षसम्म लगातार पार्टी निर्माणको अभियानमा हामी हिड्नुपर्छ भन्नेमा सबैको एक मत छ । अब वाम एकताको बारेमा, वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्ने कुरामा सबैको एक मत छ । निर्णय भएको छैन । अरु कतिपय विषयमा विभिन्न प्रकारका छलफलहरु चलिरहेका छन् ।’

उहाँले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रश्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताउनु भयो । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा हामी छलफल गरिरहेका छौँ । सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ । औपचारिक प्रश्ताव नै नआएको । प्रश्ताव आएपछि त्यो प्रश्ताव लायक छ, छैन । हाम्रा उद्देश्य अनुसार यि सबकुरा हुन्छन्, हुँदैनन् । हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन । त्यसपछाडी गरिने कुरा हो । त्यसकारण हामी सँग औपचारिक प्रश्ताव नै छैन ।’

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताउनु भयो । व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पार्नुभयो । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटव्युरो बैठक राखिएको भन्दै उहाँले परिपक्व निर्णय गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले जनादेश बुझेका छौँ । हामीलाई एउटा धर्मसंकट छ अहिले । सँगै काम गरेको सहयात्री १७/१८ महिनासम्म हामी गठबन्धनमा सँगै बस्यौँ । कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ । जुन जुन बाटोबाट हुनुभएको भएपनि उहाँ प्रधानमन्त्री हुनुभयो । व्यक्तिगत रुपमा उहाँप्रति हाम्रो सद्भाव पनि छ तर राजनीति भनेको व्यक्तिगत सद्भावले मात्रै काम गर्ने कुरा होइन ।

पार्टीको नितिगत प्रश्नहरुमा प्रष्टता नभइकन व्यक्तिगत कुराको अर्थ रहँदैन । त्यो नितिगत प्रष्टता प्राप्त गर्नको निम्ति हामीले पोलिटव्युरोको बैठक बसाएका हौँ । त्यसैले हाम्फाल्ने, खुट्टो उचाल्ने जस्ता कुनै सन्दर्भ छैन । बडो सोचि, सम्झि हामी जे गर्छौ परिपक्व काम गर्छौं ।’ बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।




भर्खरै