१७ श्रावण २०८३, आईतवार
,
Latest
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ औँ गोरखा महोत्सवका लागि प्रधानमन्त्रीलाई निम्ता



अ+ अ-

काठमाडौं ।गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिनुभएको छ ।

सङ्घले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ ।

प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिनुभएको थियो ।

सङ्घको टोलीका साथ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि बालुवाटार जानुभएको थियो । दाहाल गत प्रतिनिधिसभा निर्वाचन, २०७९ मा गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा विजयी हुनुभएको थियो ।