२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीमा एटीएम फोडेर पैसा चोर्न खोज्ने एकजना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ सतुंगलमा एटीएम फोडेर पैसा निकाल्न लागेका अवस्थामा प्रहरीले एकजनालाई पक्राउ  गरेको छ ।

सतुंगलस्थित एनआईसी एसिया बैंकको एटीएम फोडिरहेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-७ घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो ।