२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हामी प्रत्येक १५ मिनेटमा एक पटक फोन हेर्छौँ’



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । चाहे त्यो ‘ह्वाट्सएप’ समूहबाट आएको सन्देश होस् वा ‘फेसबुक’को नोटिफिकेसन । सामाजिक सञ्जाल वा फोनमा रहेका अन्य एपहरूबाट आउने सूचनाहरूले हरेक केही मिनेटमा तपाईंको ध्यान विचलित गर्छ । विज्ञहरू भन्छन् कि फोन साइलेन्ट मोडमा होस् वा नहोस् तपाइँलाई यसले आफ्नो कामबाट विचलित बनाउँछ ।

एक अनुमान अनुसार, हामी औसतमा हाम्रो फोन एक दिनमा ८५ पटक जाँच गर्छौं । यसको मतलब प्रत्येक १५ मिनेटमा एक पटक । अर्थात्, हरेक १५ मिनेटमा हाम्रो दिमाग कामबाट फोनमा मोडिन्छ । त्यसमा हाम्रो ध्यान सजिलै हराउँछ, तर यसलाई फिर्ता पाउन धेरै गाह्रो हुन्छ । हामी टिभी हेर्दैछौं भने ठीक छ, तर पढाइ, काम र परिवारसँग समय बिताउँदा यस्तो हुनु ठीक होइन ।

अष्ट्रेलियाको डेकिन युनिभर्सिटीका मनोविज्ञानका वरिष्ठ लेक्चरर शेरोन होरवुड भन्छन् – फोनमा हुने नोटिफिकेसन बारम्बार बज्दा हाम्रो ध्यान दुई तरिकाले विचलित हुन्छ । पहिलोलाई ‘एक्सोजेनस इन्टरप्शन’ भनिन्छ भने दोस्रोलाई ‘एन्डोजेनस इन्टरप्शन’ भनिन्छ ।

एक्सोजेनस इन्टरप्शन भनेको फोनमा सूचना आउँदाको अवस्था हो । यसले हामीलाई उत्साहित बनाउँछ । यो उत्साह र आनन्द जुवा खेल्दा मानिसहरूले पाउने जस्तै हो । जसले गर्दा उनीहरुलाई त्यो कुराको लत लाग्छ ।

एन्डोजेनस इन्टरप्शनमा तपाईं भित्रबाट फोन जाँच गर्न चाहनुहुन्छ । अर्थात् सूचना नआए पनि तपाईको ध्यान कामबाट हटेर फोनतिर जान्छ । यसले तपाईंलाई अनावश्यक रूपमा विचलित बनाउँछ ।

प्रोफेसर होरवुडका अनुसार बारम्बार फोन चेक गर्दा मानिसमा तनाव बढ्दै गएको छ । सूचनाहरूको जवाफ नदिएर मानिसहरू विचलित हुन्छन् । तिनीहरूमा उत्पादकता र फोकसको कमी आउँछ । एक पटक विचलित भएपछि, काममा ध्यान केन्द्रित हुँदैन, त्यसपछि अपराध र निराशापन पैदा हुन्छ ।

बारम्बार फोन चेक गर्नबाट कसरी बच्ने ?
१. ती एपहरू बन्द गर्नुहोस् जसको सूचनाहरू उपयोगी छैनन् ।
२. राति फोन अर्को कोठामा राख्नुहोस् । यसले तपाईको निन्द्रा बिगार्ने छैन ।
३. फोन जाँच गर्ने इच्छासँग लड्नुहोस् । आफैलाई सोध्नुहोस् कि एपहरू खोल्नु आवश्यक छ कि छैन ।
४. फोन प्रयोग गर्ने समयको विचार गर्नुहोस् । कम्तिमा २५ मिनेट काममा ध्यान दिनुहोस् र त्यसपछि ब्रेक लिनुहोस् र फोन जाँच गर्नुहोस् ।