• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो ★   समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन ★   प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ: घनश्याम भुसाल ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने

नेपाल टी–२०: पोखराद्वारा काठमाडौं ५ विकेटले पराजित



काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले काठमाडौं नाइृट्सलाई ५ विकेटले पराजितगरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

पोखराको जितको लागि सुमित महर्जनले उत्कृष्ट इनिङ खेले । महर्जनले ७ चौका र ३ छक्काको सहयोगमा ७६ रन बनाएका थिए । यस्तै उपुल थरंगाले पनि अर्धशतक खेले । थरंगाले ५८ रन बनाए। कुशल मल्ल भने १४ रनमा अविजित रहे ।

काठमाडौंका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने अबिनाश बोहोरा र अनिल खरेलले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । उनले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सुनाम गौतमले ४५ र विरनदिप सिंहले ३२ रन बनाए ।

पोखराका लागि तुलबहादर थापाले २ विकेट लिए भने प्रतिस जिशि र कुशल मल्लले समान १/१ विकेट लिए ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।