• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो ★   समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन ★   प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ: घनश्याम भुसाल ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

नेपाल टी–२०: ब्लेकको बिष्फोटक ब्याटिङमा पोखरालाई १६५ रनको लक्ष्य



काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले एलेक्स ब्लेकको बिष्फोटक ब्याटिङमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको हो।

काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । उनले २३ बलमा अर्धशतक बनाएका थिए । जारी लिगमा यो सर्वाधिक छिटो अर्धशतक हो । उनले ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै, सुनाम गौतमले ४५ रन बनाए भने विरनदिप सिंहले ३२ रन जोडे।

पोखराका लागि तुलबहादर थापाले २ विकेट लिए भने प्रतिस जिशि र कुशल मल्लले समान १/१ विकेट लिए ।

पाँच खेलमा ३ जित र २ गरेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने सात खेलमा दुई जित हात पारेको पोखरा अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई २६ रनले हराएको थियो ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।