![](https://newspolar.com/wp-content/uploads/2023/01/totenham.jpg)
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ । गएराति सम्पन्न खेलमा टोटेनहम घरेलु मैदानमै एस्टन भिल्लासँग २–० गोलले पराजित भएको हो ।
एस्टन भिल्लालाई जित दिलाउन ५० औं मिनेटमा एमी बुन्डियाले तथा ७३ औं मिनेटमा डुगलास लुइजले गोल गरे ।
यो नतिजासँगै एस्टन भिल्ला १७ खेलबाट २१ अंकसहित १२ औं स्थानमा छ । समान खेलबाट ३० अंकसहित टोटेनहम भने पाँचौं स्थानमा छ ।