२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैसँग एकता नगरी पुनर्गठनको महाअभियान थाल्ने नेकपा एसको घोषणा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठनको महाअभियान सुरु गर्ने भएको छ । शनिबारदेखि सुरु भएको पार्टी स्थायी कमिटीको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधरले पार्टी एकताको विषयमा नेकपा (एमाले) का केही नेताहरूले मात्रै हल्ला चलाएको बताउनुभयो ।

उहाँले एकताका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग कुरा भइरहेको जानकारी दिनुभयो ।

उहाँले गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहे पनि पार्टी पुनर्गठन महाअभियान थाल्ने तयारी गरेको बताउनुभयो ।

उहाँले स्थायी कमिटीको बैठकमा अधिकांश नेताहरुको धारणा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने आएको भए पनि प्रधानमन्त्रीबाट औपचारिक रूपमा प्रस्ताव नआएसम्म सरकारमा जान नहुने निष्कर्ष आएको बताउनुभयो ।

एकीकृत समाजवादीले समर्थन नदिएपनि सरकार चल्ने तर सरकारमा जान हतार गर्न हुँदैन, समर्थन गर्ने कुरा फरक हो भन्ने कुरा बैठकमा उठेको उहाँले जानकारी दिनुभयो ।