४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले फिलिपिन्सलाई १३६ रनले हरायो



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै नेपालले विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमात्र जोड्यो। 

फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले २७ बलमा २ चौकासहित २० रन जोड्दा जोर्डन अलेग्रा ३२ बलमा २ चौका सहित सर्वाधिक २७ रनमा अविजित रहे । कप्तान जोनाथन हिलले २९ बलमा ११ रन जोड्दै पेभिलियन फर्किए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सन्दीप लामिछानेले ३ विकेट लिए । अभिनाश बोहरा, गुलशन झा, कुशल मल्ल, जितेन्द्र मुखिया र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । 

यस्तै, दीपेन्द्रसिंह ऐरी ४७ बलमा ६ चौका र ४ छक्का सहित ८३ रन जोडे । कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट भए ।

पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपाल नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।