६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो (फोटो फिचर/भिडियोसहित)



अ+ अ-

काठमाडौं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।

आईतवार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो । सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा -यालीसमेत गरिएको छ ।

उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस मनाउनुपरेको बताए । कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताउनु भयो । उहाँले विश्वामा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताउनु भयो ।

उहाँले पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्ने बताउनु भयो । त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईंले नेपालको मौलिकतालाई बचाइराख्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा घोषणा गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय पोशाक दिवसलाई विश्वमा रहेका नेपालीहरुले यो दिवस मनाइरहँदा नेपाली पहिचान बढ्दै जाने कार्यक्रममा सहभागीहरुले बताए । युवा पुस्तामा अहिले पनि नेपाली पोशाक लगाउँदा लजाउने गरेका कारण यसलाई लाज मानेर अघि बढ्न नहुने बताए । उनीहरुले अघिल्लो पुस्ताले नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न नसक्दा अहिले नेपालको पहिचान गुम्दै गएको बताए ।