११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी अल स्टारले काठमाडौँ नाईट्सलाई हरायो



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाडौँ नाईट्सलाई पराजित गर्दै बिजयी भएको छ ।

किर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई ३५ रनले पराजित गर्दै बिजयी भएको हो । लुम्बिनीले दिएको एक सय ५१ रनको लक्ष्य काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमा समेटियो । काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ३८ रनको योगदन दिए भने सुनाम गौतमले १८ रन बनाए । तेस्तै एलेक्स ब्लेकले ११ रन बनाए भने कमलसिंह ऐरीले अविजित १९ रन बनाए ।

लुम्बिनीका लागि हरमित सिंहले तीन तथा किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५० रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने लाहिरु मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाए । कुशल भुर्तेलले १९ रन बनाए । अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए । काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले दुई तथा अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान एकरएक विकेट लिए ।

पाँच खेलमा अपराजित रहेको लुम्बिनीले १० अङ्क जोडेको छ । लुम्बिनी अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाडौँ चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा पोखरा एभेन्जर्सले फार वेस्ट युनाइटेडलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । त्रिवि मैदानमा एक सय ८० रनको लक्ष्य पछाएको पोखराले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । पोखराको जितमा आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाए । त्यस्तै सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रन बनाए ।

फार वेस्टका लागि उमर अलि, करण केसी र प्रकाश जैशीले समान दुई/दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियोे । फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ तथा हसिम अन्सारी र भिम सार्कीले १७/१७ रन जोडे । करण केसीले अविजित १२ रन बनाए ।

पोखराका लागि जाहिर खानले तीन तथा तुलबहादुर थापा र अमिर हम्जाले समान दुईरदुई विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान एकरएक विकेट लिए । पोखरा छ खेलमा दुई अङ्क जोड्दै अङ्क तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलको फार वेस्ट दुई अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।