• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कार दुर्घटनामा परे ऋषभ पन्त, जलिरहेको कारबाट बाहिर निस्किएर बाँचे



एजेन्सी । भारतीय क्रिकेटर ऋषभ पन्त शुक्रबार बिहान ठूलो सडक दुर्घटनाबाट जोगिएका छन् ।

प्रहरीका अनुसार निदाएका कारण कार दुर्घटना भएको हो । उनको मर्सिडीज नियन्त्रण बाहिर गएर डिभाइडरमा ठोक्किएपछि आगो लागेर पल्टिएको थियो । दुर्घटनापछि पन्त जलेको गाडीको झ्याल फुटाएर एक्लै बाहिर निस्किएका थिए ।

२५ वर्षीय पन्तलाई बचाउन मानिसहरू पुगेपछि उनले भने– ‘म ऋषभ पन्त हुँ ।’ दुर्घटनाबाट उनको टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ ।

उनलाई उपचारका लागि रुड़कीबाट देहरादुन लगिएको छ । उनको यहाँको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । उनलाई चिकित्सकको टोलीले निगरानी गरिरहेको छ । आवश्यक परे उनलाई एयरलिफ्ट गरेर दिल्ली लैजाने बताइएको छ ।