• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

एडसन नासिमेन्टो कसरी ‘पेले’ बने ?



एजेन्सी । महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको हो । उनकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जालमा उनको मृत्युको जानकारी दिएकी छन् ।

पेले पेटको क्यान्सरसँग लडिरहेका थिए । उनलाई २९ नोभेम्बरमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको केमोथेरापी मार्फत उपचार गरिएको थियो । तर, उनले त्यसबाट कुनै लाभ पाउन सकेनन् । यसपछि केमोथेरापी रोकियो र दुखाइ कम गर्ने औषधि दिइयो । उनको मृगौला र मुटुको समस्या पनि थियो ।

पेलेलाई नियमित चेकअपका लागि अस्पतालमा भर्ना गरिएको थियो तर बिस्तारै उनको अवस्था बिग्रन थालेपछि अस्पतालले उनलाई मृत घोषणा गरिसकेको छ । पेलेलाई क्यान्सर र मुटुको समस्या थियो । उनको कोलोन ट्युमर सेप्टेम्बर २०२१ मा हटाइयो । त्यसपछि उनलाई केमोथेरापी दिइएको थियो ।

पेले यसअघि पनि पटकपटक चेकअपका लागि अस्पताल भर्ना भएका थिए । हालै कतारमा फिफा विश्वकपको शुरुवातमा पेलेले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा फोटो पोस्ट गर्दै समर्थन गरेकोमा फ्यानहरुलाई धन्यवाद दिएका थिए ।

पेलेको वास्तविक नाम एडसन एरान्टेस डो नासिमेन्टो हो । उनको डिको, पेले र द ब्ल्याक पर्ल उपनाम हुन् । पेलेको जन्म २३ अक्टोबर १९४० मा ब्राजिलमा भएको थियो । उनका तीन श्रीमती छन् । तर कति बालबालिका छन् भन्ने विषयमा विवाद छ ।

पेले आफैंले एक अन्तर्वार्तामा आफूले कति सन्तान छन् भन्ने पनि याद नभएको बताएका छन् । तर, आधिकारिक अभिलेखमा पेलेका ७ सन्तानको नाम छ ।

पेले गरिबीमा हुर्केका थिए, उनका बुबा एक सफाई कर्मचारी थिए । उनले ब्राजिलको साओ पाउलोको सडकमा फुटबल खेल्न थाले । आर्थिक अभावका कारण उनले चिया पसलमा पनि काम गरे ।

पेलेको जन्म हुँदा उनको नाम एडिसन थियो । उनका परिवारका सदस्यहरूले पनि उनलाई मायाले डिको भन्ने गर्थे । उनलाई बाल्यकालदेखि नै फुटबलको लगाब थियो । उनका बुबाले ब्राजिलियन क्लब फ्लुमिनेन्सका लागि खेलेका थिए । तर, पैसाको अभावमा उनी सफाईकर्मी बन्नुपरेको थियो । पेले आफ्नो क्षेत्रमा रहेको स्थानीय क्लब भास्को द गामाका गोलकिपर बिलेलाई निकै मन पराउँथे । जब उनी स्कुलमा फुटबल खेल्थे, साथीहरूले उनलाई पेले भनेर बोलाउन थाले । त्यसपछि उनको नाम पेले राखिएको थियो ।

पेले आफ्ना साथीहरूसँग आफ्नो गल्लीमा फुटबल खेल्थे । गरिबीमा हुर्केका उनीसँग फुटबल किन्न पैसा थिएन । त्यसैले उनीहरू मोजामा कपडाहरु भरेर भरेर, डोरीले बाँधेर खाली खुट्टा खेल्थे ।

१२–१३ वर्षको उमेरमा, पेले आफ्नो गृहनगर बौरुको स्थानीय क्लब रेडियम फुटबल टोलीबाट खेल्न थाले । उनको सहरमा पहिलो पटक ५–५ खेलाडीबीच इन्डोर प्रतियोगिता भएको थियो । उनले यस प्रतियोगितामा भाग लिएर च्याम्पियनसिप जितेका थिए । एउटा प्रतियोगिताको आयोजक समितिले भने उनी नाबालग भएको भन्दै सहभागी हुन दिएनन् । उनले अस्वीकार गरेर झगडा गरी–गरी प्रतियोगिता खेले र त्यसमा सबैभन्दा धेरै गोल गरे। यहाँबाट उनको परिचय नै बदलियो ।

१६ वर्षको उमेरमा, पेले आफ्नो क्लब सान्तोसबाट नियमित रूपमा खेल्न थाले र सोही वर्ष लिगको शीर्ष स्कोरर बने। १९५७ मा, युभेन्टस, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड जस्ता युरोपका ठूला क्लबहरूले उनलाई अनुबन्ध गर्ने प्रयास गरे तर पेले ती क्लबहरूमा सामेल भएनन् ।

उनको पहिलो विवाह १९६६ मा भएको थियो र १९८२ मा सम्बन्ध विच्छेद भयो । पहिलो पत्नीको नाम रोज मारी डोस रेइस थियो । उनका तीन सन्तान थिए । पेलेले सन् १९९४ मा दोस्रो विवाह गरे र सन् २००८ मा सम्बन्धविच्छेद गरे । दोस्रो पत्नीको नाम एसेरिया लेमोस सिक्स थियो । उनले सन् २०१६ मा तेस्रो विवाह गरेका थिए । श्रीमतीको नाम मार्सिया ओकी हो । अहिले उनी पेलेसँगै बस्दै आएकी थिइन् ।

पेले फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक थिए । उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० गरी तीनवटा विश्वकपको उपाधि दिलाएका थिए । तीन विश्वकप उपाधि जित्ने उनी विश्वकै एक मात्र खेलाडी हुन् । उनले ४ विश्वकप खेलेका छन् । जसमध्ये टोलीले तीन पटक उपाधि जितेको छ । उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।

पेलेले ब्राजिलबाट ९२ खेल खेलेका छन् र ७८ गोल गरेका छन् । ब्राजिलका लागि उनीपछिको दोस्रो सर्वाधिक गोलकर्ता नेयमार हुन् । नेयमारले १२४ खेलमा ७७ गोल गरेका छन् ।

पेलेले सन् १९५८ मा पहिलो पटक विश्वकप जितेका थिए । १९५८ को विश्वकपमा वेल्सविरुद्ध ब्राजिलको क्वार्टरफाइनल खेलमा फिफा विश्वकपमा आफ्नो पहिलो गोल गर्दा पेले १७ वर्ष २३९ दिनका मात्र थिए । यसपछि उनी फिफा विश्वकप प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने ।

उनले १७ वर्ष २४४ दिनको उमेरमा विश्वकपको सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक समेत गरेका थिए । योसँगै उनी ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।उनले फाइनलमा पनि गोल गर्दै ब्राजिललाई विश्वकप जिताए । १८ वर्षको उमेरअघि विश्वकपमा गोल गर्ने पेले विश्वका एक मात्र खेलाडी हुन् ।

फुटबलमा भ्रष्टाचार अन्त्य होस् भनेर सन् १९९५ मा ब्राजिलका राष्ट्रपतिले पेलेलाई खेलकुद मन्त्री बनाएका थिए । यसपछि पेलेको कानुन पनि उनको नाममा बनेको थियो । यसमा सबै व्यावसायिक फुटबल क्लबले २ वर्षभित्र सरकारलाई कर बुझाउनुपर्ने थियो ।