२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिरोइजम’ मा विश्वास गर्दिनँ, न्याय क्षेत्रको ‘पर्सेप्सन’ परिवर्तन गर्छु: महान्यायाधिवक्ता पोखरेल



अ+ अ-

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले आफूले हिरोइजमलाई विश्वास नगर्ने बताउनुभएको छ । बिहीबार शपथपछि पदभार ग्रहण गर्दै उहाँले आफू अद्भुत क्षमता भएको मान्छे नभएकाले संस्थाभित्र रहेका बौद्धिक व्यक्तिलाई जोडेर काम गर्ने बताउनुभयो ।

बेस्ट ब्रेन युजु गरेर काम गर्छु । भोलिबाट नै भइरहेका काममा गुणस्तर बनाउने प्रयत्न गर्छु,ु उनले भने । उहाँले आफू कुनै इन्ट्रेस्ट लिएर नआएकाले सबैलाई समेटेर काम गर्ने उल्लेख गर्दै भन्नुभयो, “बेस्ट ब्रेन युज गरेर काम गर्छु । भोलिबाट नै भइरहेका काममा गुणस्तर बनाउने प्रयत्न गर्छु ।”

हामी सबैको पहिलो दायित्व भनेको बाहिरी पर्सेप्पसन परिवर्तन गर्नु रहेको उहाँको भनाइ थियो । संस्था र संस्थाको गरिमा नरहे जुनसुकै पदमा रहनुको अर्थ हुँदैन भन्दै उहाँले सबै मिलेर न्याय क्षेत्रको इन्टिग्रिटी बढाउने काम गर्न जोड दिनुभयो ।

उहाँले नागरिकहरुले न्याय क्षेत्रप्रतिको बनाइरहेको धारणालाई बदल्नका लागि सबैले प्रयास गर्नुपर्ने र त्यसका लागि आफूले पनि काम गर्ने बताउनुभयो ।