२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिरोइजम’ मा विश्वास गर्दिनँ, न्याय क्षेत्रको ‘पर्सेप्सन’ परिवर्तन गर्छु: महान्यायाधिवक्ता पोखरेल



अ+ अ-

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले आफूले हिरोइजमलाई विश्वास नगर्ने बताउनुभएको छ । बिहीबार शपथपछि पदभार ग्रहण गर्दै उहाँले आफू अद्भुत क्षमता भएको मान्छे नभएकाले संस्थाभित्र रहेका बौद्धिक व्यक्तिलाई जोडेर काम गर्ने बताउनुभयो ।

बेस्ट ब्रेन युजु गरेर काम गर्छु । भोलिबाट नै भइरहेका काममा गुणस्तर बनाउने प्रयत्न गर्छु,ु उनले भने । उहाँले आफू कुनै इन्ट्रेस्ट लिएर नआएकाले सबैलाई समेटेर काम गर्ने उल्लेख गर्दै भन्नुभयो, “बेस्ट ब्रेन युज गरेर काम गर्छु । भोलिबाट नै भइरहेका काममा गुणस्तर बनाउने प्रयत्न गर्छु ।”

हामी सबैको पहिलो दायित्व भनेको बाहिरी पर्सेप्पसन परिवर्तन गर्नु रहेको उहाँको भनाइ थियो । संस्था र संस्थाको गरिमा नरहे जुनसुकै पदमा रहनुको अर्थ हुँदैन भन्दै उहाँले सबै मिलेर न्याय क्षेत्रको इन्टिग्रिटी बढाउने काम गर्न जोड दिनुभयो ।

उहाँले नागरिकहरुले न्याय क्षेत्रप्रतिको बनाइरहेको धारणालाई बदल्नका लागि सबैले प्रयास गर्नुपर्ने र त्यसका लागि आफूले पनि काम गर्ने बताउनुभयो ।