६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज स्पेनिस क्लब र काठमाडौं-११ भिड्दै



अ+ अ-

काठमाडौं । स्पेनको चौंथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीले आज बिहीबार काठमाडौं-११ सँग प्रतिस्पर्धा गर्दैछ ।

कासेरेन्यो र काठमाडौं-११ बीचको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

काठमाडौं-११ ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा खेल खेल्नेछ ।

कासेरेन्योले पहिलो मैत्रीपूर्ण खेल बुधबार पोखरा रंगशालामा गण्डकी-११ सँग खेलेको थियो । उक्त खेलमा कासेरेन्योले गण्डकी-११ लाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो ।