२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु शीतल निवास जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बैठक सकिनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरू शीतल निवास जाँदैछन्।

महान्याायधिवक्ता दीनमणि पोखरलेको शपथ ग्रहण कार्यक्रमका लागि शीर्ष नेताहरु शीतल निवास जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका शीर्ष नेताहरू शीतल निवास जान लागेको बताइएको छ ।