२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर र बिरालोलाई भ्याक्सिन तथा बन्ध्याकरण गर्न महानगरपालिकाबाट संघ संस्थालाई आव्हान



अ+ अ-

काठमाडौँ । आफ्नो कार्य क्षेत्रभित्र भएका कुकुर र विरालालाई खोप लगाउन तथा बन्ध्याकरण गर्न काठमाडौँ महानगरपालिकाले इच्छुक संघ संस्थालाई आव्हान गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै आर्थिक बर्ष २०७९/०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख गरिएको छ ।
इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, संघ संस्था दर्ता तथा नविकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र विरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्यालगायत विवरण र कार्ययोजनासहितको प्रस्ताव बुझाउनु पर्नेछ ।

यस्तै संस्थामा अनुभवी पशु चिकित्सक भएको प्रमाण पत्र, पशु ओसार पसार गर्न प्रयोग हुने सवारी साधनको ब्लुबुक र भाडामा भएको भए सम्झौताको प्रतिलिपि, कुकुर विरालो समात्ने जनशक्ति तथा बन्ध्याकरण गर्ने जनशक्तिको अनुभव पेश गर्नुपर्छ । यस्तै संस्थाले यस बन्ध्याकरण तथा खोप कार्यका लागि कति योगदान गर्न सक्छ, यस सम्बन्धी प्रतिवद्धता प्रस्तावका साथमा पेश गर्नुपर्नेछ ।

यस अघि ह््युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्ष्टिच्युटको सहकार्यमा मनुमित्र कार्यक्रम सञ्चालन भइरहेको छ ।

अहिले सामुदायिक कुकुरहर खाना नपाएर कुपोषित भएका, छालाजन्य रोगले ग्रस्त भएका, दुर्घटनाबाट अङ्गभङ्ग भएका जस्ता समस्यामा छन् । उनीहरु बेला बेलामा मानिस र सवारी साधनप्रति आक्रामक बन्दा मानिसहरुमा पनि समस्या छ । कुकुरको टोकाइ पछि रेविज विरुद्धको खोप लगाउन जानु पर्ने अवस्थाले अस्पतालहरुमा चाप बढने गरेको छ ।