• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

सत्ता गठबन्धन मुख्यमन्त्री बाँडफाँट: एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो



काठमाडौँ । सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँटका विषयमा भएको छलफलमा नेकपा (एमाले) लाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन नेकपा (माओवादी केन्द्र) का नेताहरु सहमत भएका छन् । छलफलअनुसार एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । तर प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीले पनि दाबी गरेको छ ।

प्रदेश १ मा माओवादीको प्रदेश कमिटीले मुख्यमन्त्रीमा दाबी गर्दै वार्ता समितिसमेत गठन गरेको छ । प्रदेश १ मा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीका आकांक्षी हुन् । प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो दल हो भने माओवादीको १३ सिट छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको प्रष्ट बहुमत छ । त्यस्तै ११० सदस्यीय बाग्मती प्रदेशसभामा एमालेको २७ र माओवादीको २१ सिटले बहुमत पुग्दैन ।

यसमा एमालले राप्रपाको १३ सिटसहित समर्थन लिनुपर्ने हुन्छ । यहाँ पनि माओवादीका शालिकराम जम्मरकट्टेल, गंगा श्रेष्ठ, सरल सहयात्री मुख्यमन्त्रीका आकांक्षी हुन् । गण्डकी प्रदशेसभामा एमालेको २२ र माओवादी केन्दको ८ सिट छ । ६० सदस्यीय यो प्रदेशमा पनि सरकार गठन गर्न राप्रपाको समर्थन चाहिन्छ । एमालेले सरकारको नेतृत्व पाएको अवस्थामा स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन् ।

कर्णाली एमालेको भागमा परेमा यमलाल कँडेल मुख्यमन्त्री हुनेछन् । ४० सदस्यीय कर्णााली प्रदेशसभामा आवश्यक बहुमत (२१) सिट पुर्याउन माओवादी केन्द्रको १३ र एमालेको १० सिट पर्याप्त देखिन्छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री लिने सम्भावना रहेको छ । लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभा छ । यहाँ नागरिक उन्मुक्ति, जनमत, जनता समाजवादी लगायतका सबै दलले साथ दिएको अवस्थामा मात्र बहुमत पुग्छ । एमालेको २९, माओवादीको ९, राप्रपा र नागरिक उन्मुक्तिको ४/४, जनमत र जसपाको ३÷३ प्रदेश सभा सदस्य छन् ।

सुदूर पश्चिम प्रदेशसभामा ५३ प्रदेशसभा सदस्य छन् । जसमा माओवादीको ११ एमालेको १०, नागरिक उन्मुक्तिको ११ र राप्रपाको १ सिट छ । यो प्रदेशमा सरकारको नेतृत्व माओवादीले पाएमा प्रदेश अध्यक्ष समेत रहेका खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ । एक सय ७ सदस्यीय मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमति गर्ने प्रयास भएको छ । यहाँ एमाले २३, जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।