७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली खुमलटारमा, मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल गर्नुहुने बताइएको छ ।

आज बिहान नै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो । आजै एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपाल बिच पनि छलफल गराउने तयारी भै रहेको छ ।

पछिल्लो पटक अध्यक्ष ओली प्रधानमन्त्री हुँदा प्रचण्डसहित असन्तुष्ट रहेका नेताहरुले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै ओली २०७७ पुस ४ गते खुमलटार पुग्नुभएको थियो ।