• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सप्तरीमा आगोले जलेर वृद्धको मृत्यु



सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।

घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ ।

हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् ।

यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ ।