५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा आगोले जलेर वृद्धको मृत्यु



अ+ अ-

सप्तरी । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।

घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ ।

हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् ।

यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ ।