२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ अर्थमन्त्रीबाट विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा छः पूर्व अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा भएको नेपाल पर्यटन विकास व्यवसायी संघको साधरण सभामा बोल्दै श्रेष्ठले नयाँ उर्जाका साथ वर्तमान सरकार आएकाले अर्थमन्त्री पौडेलले पहिलाको भन्दा अर्थतन्त्र चलायमान बनाउने काम गर्ने अपेक्षा रहेको बताउनु भएको हो ।

उहाँले पर्यटन विकासको लागि वर्तमान पर्यटन मन्त्रीले जारी गरेको पर्यटन दशकलाई पाँच वर्ष बनाउन नहुने बताउनु भयो । श्रेष्ठले विगतको सरकारले गरेका कामलाई नयाँ आउने सरकारले परिर्वतन नभएर व्यवस्थित बनाउँदै जान आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारले पर्यटन व्यवसायीहरुलाई पर्यटन प्रवद्र्धन गर्न जाँदा वा पर्यटन क्षेत्रमा लगानी गर्दा राजश्वमा छुट दिनुपर्ने बताउनु भयो ।

उहाँले पर्यटक व्यवसायीहरुले पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय देशहरुमा जान सरकारले सहयोग गरे नेपालको पर्यटन क्षेत्रको प्रचारमा लाग्न सकिने बताउनु भयो ।