१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ अर्थमन्त्रीबाट विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा छः पूर्व अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा भएको नेपाल पर्यटन विकास व्यवसायी संघको साधरण सभामा बोल्दै श्रेष्ठले नयाँ उर्जाका साथ वर्तमान सरकार आएकाले अर्थमन्त्री पौडेलले पहिलाको भन्दा अर्थतन्त्र चलायमान बनाउने काम गर्ने अपेक्षा रहेको बताउनु भएको हो ।

उहाँले पर्यटन विकासको लागि वर्तमान पर्यटन मन्त्रीले जारी गरेको पर्यटन दशकलाई पाँच वर्ष बनाउन नहुने बताउनु भयो । श्रेष्ठले विगतको सरकारले गरेका कामलाई नयाँ आउने सरकारले परिर्वतन नभएर व्यवस्थित बनाउँदै जान आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारले पर्यटन व्यवसायीहरुलाई पर्यटन प्रवद्र्धन गर्न जाँदा वा पर्यटन क्षेत्रमा लगानी गर्दा राजश्वमा छुट दिनुपर्ने बताउनु भयो ।

उहाँले पर्यटक व्यवसायीहरुले पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय देशहरुमा जान सरकारले सहयोग गरे नेपालको पर्यटन क्षेत्रको प्रचारमा लाग्न सकिने बताउनु भयो ।