२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान प्रधानमन्त्री देउवा धुम्बाराहीमा भाडाको घरमा सर्दै



file
अ+ अ-

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री निवास वालुवाटार छाड्ने भएका छन् ।

बुढानिलकण्ठस्थित देउवाको निजि निवास मर्मत भइरहेकोले धुम्बाराईस्थित भाडाको घरमा सर्न लागेको देउवाको सचिवालयले जनाएको छ ।

मर्मतका लागि अझै चार महिना लाग्ने भएकोले नयाँ घर खोजिएको जनाइएको छ ।

देउवा सरकारी निवासबाट नसरेपछि नवनियुक्त प्रधानमन्त्री दाहाल खुमलटारमै बसेका छन् ।