९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुनिषाको अन्तिम संस्कार आज गरिने



अ+ अ-

एजेसी । टेलिभिजन अभिनेत्री तुनिषा शर्माको निधन भएको तीन दिनपछि आज उनको अन्तिम संस्कार गरिने भएको छ ।

उनका परिवारका सदस्य चण्डीगढबाट मुम्बई पुगेका छन् । दिउँसो ३ बजे मिरा रोडस्थित शवदाह स्थलमा उनको दाहसंस्कार गरिन लागिएको हो ।

तुनिषाले २४ डिसेम्बरमा सुटिङको सेटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । तुनिषाको आत्महत्याबारे प्रहरीले भने उनले डिप्रेसनको औषधी नखाएको बताएको छ ।

उनले कट्रिना कैफको फिल्म ‘फितूर’मा आफ्नो बाल्यकालको भूमिका निर्वाह गरेकी छिन् । यसबाहेक उनले अलिबाबा दास्ताने काबुलमा राजकुमारी मरियमको भूमिका निभाएकी थिइन् । यसबाहेक उनले बार बार देखो, कहानी–२, दबंग–३ जस्ता चलचित्रमा बाल कलाकारको रुपमा पनि काम गरिसकेकी छिन् ।

२० वर्षीया तुनिषाले टिभी शो भारत का वीर पुत्र-महाराणा प्रतापबाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी चक्रवर्तिन अशोक सम्राट, गब्बर पुन्चवाला, शेर–ए–पंजाबः महाराणा रंजित सिंह, इन्टरनेट वाला लभ र इश्क शुभान अल्लाह जस्ता सिरियलहरूमा पनि देखिएकी थिइन् ।