२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेलले छलफलका लागि बोलाए आन्दोलनरत व्यवसायीलाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर वृद्धिको विरोधमा आन्दोलनरत व्यवसायीहरुलाई छलफल गर्न मन्त्रालय बोलाउनुभएको छ ।

पदभार ग्रहण गर्दैगर्दा संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गरेका अर्थमन्त्री पौडेलले वार्ताबाट समाधान निकाल्ने गरी गृहकार्य सुरु गर्नुभएको हो ।

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब र पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ब्याजदर वृद्धिका साथै नेपाल राष्ट्र बैंकले ल्याएको चालु पूँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरु (नेपाल उद्योग वाणिज्य महासंघ) को टोलीले आफ्नो समस्या राखिसकेका छन् ।