९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फिल्मः कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त



अ+ अ-

कठमाडौँ । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् । कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए । प्रचार–प्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीत–सङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन ।

पहिलेको तुलनामा गीत–सङ्गीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको स्वीकार्नुहुन्छ सङ्गीतकार अर्जुन पोखरेल । “केही गीत–सङ्गीतको राम्रो भिडियो बन्ने गरेको छ । यद्यपि यो सङ्ख्या कम छ”, सङ्गीतकार पोखरेल भन्छन्, “फिल्ममा आउने गीत–सङ्गीतमा जति भव्यता भयो त्यति नै प्रचार–प्रसार हुन्छ । एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन् ।” उनको सङ्गीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए ।

केही दिन अगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश फकाउनै जानिन बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ । चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताए । “काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो । बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ”, उनले भने । उनी निर्माताको बजेटअनुसार काम गरेको बताउँछन् ।