२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आर्सनलले वेस्ट हामलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा ‘लिग लिडर’ आर्सनलले वेस्ट हाम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

आर्सनललाई घरेलु मैदानमा जित दिलाउन बुकायो साका, गाब्रियल मार्टीनेली र एड्डी केटियाहले गोल गरे । वेस्ट हामका सइद बेनरामाले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा बेनरामाले पेनाल्टीमार्फत गोल गर्दै वेस्ट हामलाई सुरुवाती अग्रता दिलाएका थिए । आर्सनलका डिफेन्डर विलियम सालिवाले वेस्ट हामका बोइनलाई डी–बक्सभित्र लडाएपछि वेस्ट हामले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा आर्सनल खेलमा फर्कियो । ५३ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । मार्टिन ओडेगार्डले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले सुन्दर गोल गरे ।

यस्तै, ५९ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । उनलाई ग्रानिट जाकाले पास उपलब्ध गराए । ६९ औं मिनेटमा केटियाहले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । उनलाई ओडेगार्ड पास उपलब्ध गराए ।

जितसँगै १५ खेलबाट ४० अंकसहित आर्सनल अंकतालिकाको शीर्ष स्थानमा कायम छ । पराजित वेस्ट हाम १६ खेलबाट १४ अंकसहित १६ औं स्थानमा छ ।