७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार



अ+ अ-

काठमाडौँ । हेम–सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले फाउन्डेसनद्वारा आज यहाँ आयोजित समारोहमा दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार उहाँलाई प्रदान गर्नुभएको हो ।

नेपाली पत्रकारिता क्षेत्रमा करिब तीन दशकदेखि सक्रियरूपमा क्रियाशील रही योगदान पुर्याउँदै आउनुभएका पत्रकार भण्डारी हाल योहो टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

समारोहमा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार तथा मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरियो ।

फाउन्डेसनले मुलुकको सामाजिक, शैक्षिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उन्नयनका लागि आर्थिक सहयोग र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको छ । अमेरिकाको टेक्ससमा मुख्य कार्यालय रहेको उक्त फाउन्डेसनको प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक र अध्यक्षमा जेनी पाठक हुनुहुन्छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा तथा नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले समाज परोपकारी र राज्य लोकल्याणकारी हुन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष पाठकले फाउन्डेसनले ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको पहिचान गरी आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

सबैलाई शिक्षा र भ्रष्टाचार विरुद्धको अभियानमा रहेको समर्पित फाउन्डेसनले नेपाली विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशिको अमेरिकामा छात्रवृृत्ति खडा गरी सिन्धुपाल्चोक र साँखुको विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ । रासस