२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार



अ+ अ-

काठमाडौँ । हेम–सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले फाउन्डेसनद्वारा आज यहाँ आयोजित समारोहमा दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार उहाँलाई प्रदान गर्नुभएको हो ।

नेपाली पत्रकारिता क्षेत्रमा करिब तीन दशकदेखि सक्रियरूपमा क्रियाशील रही योगदान पुर्याउँदै आउनुभएका पत्रकार भण्डारी हाल योहो टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

समारोहमा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार तथा मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरियो ।

फाउन्डेसनले मुलुकको सामाजिक, शैक्षिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उन्नयनका लागि आर्थिक सहयोग र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको छ । अमेरिकाको टेक्ससमा मुख्य कार्यालय रहेको उक्त फाउन्डेसनको प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक र अध्यक्षमा जेनी पाठक हुनुहुन्छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा तथा नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले समाज परोपकारी र राज्य लोकल्याणकारी हुन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष पाठकले फाउन्डेसनले ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको पहिचान गरी आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

सबैलाई शिक्षा र भ्रष्टाचार विरुद्धको अभियानमा रहेको समर्पित फाउन्डेसनले नेपाली विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशिको अमेरिकामा छात्रवृृत्ति खडा गरी सिन्धुपाल्चोक र साँखुको विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ । रासस