२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डसँग तीन उपप्रधामन्त्रीले शपथ लिने



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् ।

नेकपा (एमाले)बाट विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने टुंगो लागेको छ । रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गर्नुभएको बताइएको छ ।

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको भने मन्त्रालय टुंगिएको छैन । अहिले सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डाका लागि छलफल जारी छ ।