७ श्रावण २०८३, बिहीबार
,
Latest
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरेको छ ।

१ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवाको शनिवार उद्घाटन गरिएको हो । यससँगै बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङ्ग को बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुम को म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारी को झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवा को सर्लाही २ (ख) का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवाको रसुवा (ख) का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताउनुभयो । शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्रा.डा.राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङ्गमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी हुनु भएको थियो ।

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा जनप्रतिनीधि, राजनितिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरु लगायतको भव्य उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।