१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरेको छ ।

१ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवाको शनिवार उद्घाटन गरिएको हो । यससँगै बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङ्ग को बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुम को म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारी को झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवा को सर्लाही २ (ख) का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवाको रसुवा (ख) का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताउनुभयो । शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्रा.डा.राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङ्गमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी हुनु भएको थियो ।

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा जनप्रतिनीधि, राजनितिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरु लगायतको भव्य उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।