७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत सरकारमा सहभागी दलहरूको गठबन्धनको बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेरअघि सुरु भएको सत्तारूढ गठबन्धनको बैठकमा नयाँ सरकारको मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारमा सहभागी दलका शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।

आइतबार मुलुकको नयाँ प्रधानमन्त्रीको रूपमा प्रचण्ड नियुक्त भएका छन् । आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने तयारीमा रहेका प्रचण्डको नेतृत्वमा सानो मन्त्रिमण्डल तयार गर्नका लागि सरकारमा सहभागी दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।