२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थिरताका सरकार निर्माणमा सहयोग: राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको जनाएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल नभएको र कुनै औपचारिक शर्त नराखेको जनाउनु भएको छ । सामाजिक संञ्जाल नेता तथा कार्यकर्ता र सुभेच्छुकहरु बाट जिज्ञासा आएपछि पार्टी प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

केही साथीहरूको प्रश्न छ- सरकार गठनको दाबीका लागि १६९ को समर्थन छ, राप्रपाको १४ नहुँदा के फरक पर्थ्यो ? चार बजेसम्म (७८ं-३२ं-२०ं-१४-१४-४) मात्रै थियो । राष्ट्रपतिले दिनुभएको समयसीमा साँझ पाँच बजेसम्ममा १६९ पुगेको हो । त्यसअघि नै चारवटा दलको हस्ताक्षर भइसकेको थियो । पार्टीको आधिकारिक निर्णय लिएर राष्ट्रपति कार्यालय गइसकेपछि ल भइगयो, तपाईहरुको पुग्यो, हामी सहभागी हुँदैनौं भन्नु राजनीतिक एवं नैतिक हिसाबले अनुचित हुने थियो।

अर्को कुरा जति धेरै संख्याको सहभागीता भयो त्यसले बलियो सरकार निर्माण गर्दछ । बलियो सरकारले राजनीतिक स्थिरताको सुनिश्चितता गर्दछ । एउटा जिम्मेवार राजनीतिक दलको रुपमा राप्रपा अस्थिरताको पक्षमा थिएन, छैन ।

राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको हो । सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल भएकै छैन, हामीले कुनै औपचारिक शर्त राखेकै छैनौं ।